बागमती

थाहाको नगरकार्यपालिका निर्वाचन : माओवादीका सात र समाजवादीका एक जना निर्वाचित

सरिता दाहाल |
जेठ ११, २०७९ बुधवार २१:३ बजे

थाहा नगरपालिका । तस्बिर : इकागज

मकवानपुर- हेटौंडाको थाहा नगरपालिका नगरकार्यपालिका निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृतका १ जना निर्वाचित भएका हुन् । नगरपालिकाकामा निर्वाचित भएका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्य रहने नगरसभा सदस्यमध्ये ५ जना महिला तथा दलित अल्पसंख्यक समुदायबाट ३ जना सदस्यको निर्वाचन गरि कार्यपालिकालाई पुर्णता दिनुपर्ने कानुनी प्रावधान छ ।


कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका मात्रै ५ जना उम्मेदवार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

त्यस्तै नेकपा एमालेकी उर्मिला कामीले १८ मत, सानुमैयाँ विश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, विमला पाख्रिनले १८ मत, कान्छीमाया वाइवाले १८ मत प्राप्त गरेका थिए । 

दलित/अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमाओवादीका तर्फबाट रामप्रसाद विश्वकर्माले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए । साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए ।

कार्यपालिका महिला सदस्य र दलित/अल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन ।

अब थाहा नगरपालिका नगर कार्यपालिकामा माओवादीबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।

यसैबीच हेटौंडा उपमहानगरपालिकाको नगरकार्यपालिका सदस्य निर्वाचनको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । हेटौंडामा १५ जेठमा नगर कार्यपालिका सदस्य निर्वाचन हुँदै छ ।


Author

थप समाचार
x