बागमती

बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

इकागज |
जेठ ६, २०७९ शुक्रवार १४:४३ बजे

हेटौंडा- बागमती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ । साथै बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।


Author

थप समाचार
x