मधेश

जनलोकपालका प्रमुख झाले चार महिनादेखि रमाना बुझेनन्

इकागज |
जेठ १५, २०८० सोमबार २०:१० बजे

फाइल फोटो

जनकपुरधाम - सुशासन कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगका कार्यालय प्रमुख दानीकान्त झाले चार महिनादेखि रमाना लिन अस्वीकार गरेका छन् ।

झाले मनपर्दी गर्दै रमाना नबुझेका कारण सरुवा भएर गएका विष्णु ढुँगेल अलपत्र परेका छन् । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जनलोकपाल आयोगमा सरुवा गरिएको छ । तर प्रमुख झाले राजीनामा नबुझी आफूलाई हाजिर हुनबाट रोक लगाएको उनले बताए । 


मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोगका कार्यालय प्रमुख झालाई २०७९ फागुन २ गते नै शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयमा काज सरुवामा खटाएपनि उनले आजको मितिसम्म मन्त्रालयमा हाजिर हुन आनाकानी गर्दै अहिलेसम्म आयोगमै हाजिर गर्दै आएका छन् ।

यता सरुवा भएको चार महिना बितिसक्दा पनि रमाना नलिएपछि मन्त्रालयले जेठ ७ गते खटाएको कार्यालयमा हाजिर किन नगरेको पनि पत्र काटेको छ । उनलाई जेठ १० गतेभित्र रमानाका लागि पत्र काटेको हो । झाल भने रमाना पत्रसमेत ब्झ्न अटेर गरेका छन् । 

आयोगका सदस्य राजकिशोर प्रसाद साहले कार्यालय प्रमुख झाको सरुवा चार महिना पहिलेनै भइसकेको कुरा सत्य भएको बताए । उनले भने, उहाँले के कति कारणले रमाना बुझ्नुभएन मलाई थाहा भएन । 

प्रमुख झाले भने आयोगका केही काम बाँकी रहेकाले आयोगका अध्यक्षज्यूले रोकेर राखेको बताए । उनले भने ‘म यहाँबाट जान उत्साहित छु, तर अध्यक्ष रामसहाय यादवज्यूले यहाँको काम सम्पन्न गरेर जान भनेपछि उहाँको आदेशानुसार रोकिएको हुँ, काज सम्पन्न भएलगतै सरुवा भएका ठाउँमा जानेछु । 


Author

थप समाचार
x