मधेश

मधेशमा मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसबाट यादव र सिंह, नेकपा (एस) बाट न्याैपाने मन्त्री बन्दै

इकागज |
जेठ ९, २०८० मंगलबार १३:१६ बजे

जनकपुरधाम । लामो रस्साकस्सीपछि मधेश सरकार आज विस्तार हुँदैछ । सत्तारूढ गठबन्धनका केन्द्रीय नेताहरूको सहमति र निर्देशन अनुसार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले ६ दलीय प्रादेशिक दलका नेताहरूकाे छलफलबाट मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन ।

साेमबार ६ दलीय गठबन्धनकाे बैठक निष्कर्षविहिन भएपछि आज बिहान बसेकाे बैठकबाट हालका लागि कांग्रेसलाई दुई र नेकपा (एस) लाई एउटा मन्त्रालय दिइएकाे छ । सहमति अनुसार भौतिक पूर्वाधार विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले पाएका छन भने नेकपा (एस) ले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएकाे छ ।


आजै कांग्रेसबाट संसदीय दलका नेता कृष्ण यादवले भाैतिक पुर्वाधार विकास, विरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या  र नेकपा (एस) बाट दलका नेता गाेविन्द न्याैपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शपथ ग्रहण गर्ने जनाइएकाे छ ।

 माग चार वटा मन्त्रालयमा छ, तर हालका लागि कांग्रेसबाट आज दुईजनाले मात्र शपथ ग्रहण लागेको र बाँकीपछि सहमति जुटाउने कांग्रेस दलका नेता कृष्ण यादवले भने । स्वास्थ्यमा सिंह र कृषिमा न्याैपाने मन्त्री बन्न लागेपछि जसपाकी सामाजिक विकास मन्त्री सुरिता साह र जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहाकाे पद धरापमा पर्न गएको छ ।


Author

थप समाचार
x