मधेश

प्रश्नपत्र नै फरक पर्दा एक घण्टा ढिलो परीक्षा

इकागज |
चैत १७, २०७९ शुक्रबार १४:२० बजे

जनकपुरधाम- धनुषा​सहित देशभर शुक्रबारदेखि एसईई परीक्षा सुरु भएको छ ।

जिल्लाको सबै विद्यालयमा निर्धारित समय ८ बजे नै सुरु भयो । तर, एक विद्यालयमा पहिलो दिन अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र बाँडिएपछि सो परीक्षा केन्द्रमा एक घण्टा ढिलो गरी परीक्षा सञ्चालन भयो । 


प्राप्त जानकारी अनुसार धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर मावि परीक्षा केन्द्रमा अंग्रेजी विषयको साटो नेपाली विषयको प्रश्नपत्र बाँडिएपछि होहल्ला हुँदा एक घण्टा ढिलो परीक्षा सञ्चालन भयो ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख युक्त शर्माले शिक्षक कर्मचारीको लापरबाहीका कारण यस्तो गल्ती हुन गएको हो । अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र गएको थाहा पाएपछि आफूहरूले त्यहाँ तत्काल परीक्षा रोक्न लगाए ।

शर्मालेले भने, 'आफूहरू घटना स्थलमा गई मुचुल्का उठाएर ती प्रश्नपत्र फिर्ता लिई अंग्रेजी विषयको प्रश्नपत्र दिएर परीक्षा सुरु गरायौं । यी प्रक्रियामा परीक्षा एक घण्टा ढिलो हुन गएको हाे ।'


Author

थप समाचार
x