मधेश

ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

इकागज |
चैत ११, २०७९ शनिबार ११:२९ बजे

धनुषा- धनुषामा एकापसमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किँदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका हुन् । 


ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार सो ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । 

मृतकको अझै पहिचान खुल्न सकेको छैन् । 


Author

थप समाचार
x