मधेश

मधेश सरकारका नवमन्त्रीले लिए शपथ

इकागज |
माघ २४, २०७९ मगलवार १६:४ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको सरकारमा सहभागी भएको छ ।​​

मंगलबार माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


यसअघि मन्त्रालयमा विषयमा विवाद हुँदा मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र सहभागी भएसंगै मधेश प्रदेशको सरकारले पूर्णता पाएको छ ।

मधेश प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागी छन् ।


Author

थप समाचार
x