मधेश

मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री

इकागज |
माघ २३, २०७९ सोमबार १९:५ बजे

फाइल तस्बिर

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ ।

प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए ।


अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको हो । यससँगै मधेस प्रदेश सरकारमा पहिलोपटक दुई महिला क्याबिनेट मन्त्री हुने भएका छन् । 


Author

थप समाचार
x