मधेश

हिरासतकक्ष फोडेर भागे ६ जना थुनुवा

इकागज |
माघ १६, २०७९ सोमवार ९:४ बजे

काठमाडौँ- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर ६ जना थुनुवा भागेका छन् । हिरासतकक्ष फोडेर गएराति करिब १ बजेदेखि ३ बजेसम्ममा उनीहरू भागेका हुन् ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए ।


भागेका थुनुवाहरूको खोजी कार्य जारी रहेको  डिएसपी क्षेत्रीले जानकारी दिए ।


Author

थप समाचार
x