मधेश

जन्ती बोकेको जिप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

इकागज |
मंसिर १७, २०७९ शनिबार ९:३३ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- धनुषामा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । 

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४:३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।


मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।


Author

थप समाचार
x