मधेश

घाँटी रेटिएको अवस्थामा भेटियो बेपत्ता राउतको शव

इकागज |
मंसिर १४, २०७९ बुधबार ७:४७ बजे

सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । 

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । 


'तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ' उनले भने । रासस


Author

थप समाचार
x