मधेश

चार पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गर्दै

इकागज |
असार १८, २०७९ शनिबार ७:१ बजे

महोत्तरी- माओवादी केन्द्र महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ ।

१८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगानाले जानकारी दिए ।


निर्वाचनको बिषयलाई लिएर दुइपक्षबीच बढदै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरू गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन  समिक्षा अगाडि वढाउने संयोजक ढुंगानाले जानकारी दिए  ।

१८ असारमा बर्दिबासको माइस्थानस्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समिक्षा हुनेछ।

बर्दिबासको बिषयलाई लिएर पनि नेताहरुबीच अनेकौ टिकाटिप्णी गरिरहेका छन् । राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समुहलाई दिएको छ भने पोखरेल समुहले त्यस्लाई अस्वीकार गर्दै आएको छ ।


Author

थप समाचार
x