मधेश

मधेशमा झन् झन् घट्दै धान उत्पादन, रोपाईं ११ प्रतिशत पुग्यो

सुभाष कर्ण |
असार १५, २०७९ बुधबार १५:१९ बजे

जनकपुरधाम । देशकै कृषि क्षेत्रको रुपमा चिनिने मधेश प्रदेशभित्र असार १५ सम्म मात्र ११ प्रतिशत धानको रोपाइँ भएको छ ।

बुधबार असार १५ गते देशैभर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइएको छ । तर धान उत्पादनमा निकै ह्रास देखिएको छ ।


देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । मधेश प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुुँदै आएको थियो तर एक दशक यतादेखि उत्पादनमा कमी हुँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार देशको कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ ।

प्रदेशका आठवटै जिल्लामा गरी कूल ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा रहेको छ । तर अहिलेसम्म मात्र ४३ हजार ८ सय हेक्टर क्षेत्रफल अर्थात ११ प्रतिशत धान रोपाई हुन सकेको मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि पर्सा जिल्लामा रोपाइँ सम्पन्न भएको छ । त्यस जिल्लाको ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जग्गामा अहिलेसम्म मात्र ९ हजार ४२६ हेक्टर (२०) प्रतिशत रोपाई भएको छ ।

सप्तरी जिल्लामा १० हजार २ सय हेक्टर (१५ प्रतिशत), सिरहामा ७ हजार ५६० हेक्टर (१४) प्रतिशत, महोत्तरीमा ४ हजार ६५० हेक्टर (१०) प्रतिशत, ४ हजार ६०२ हेक्टर (१०) प्रतिशत, २ हजार ६६७ हेक्टर (७) प्रतिशत, अहिलेसम्म २ हजार ३३५ हेक्टर (५) प्रतिशत र सबभन्दा कम २ हजार ३६० हेक्टर अर्थात ४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x