कोशी

कोशी प्रदेश नाम खारेजी मागको प्रदर्शनमा दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

बाबुराम भण्डारी |
चैत १४, २०७९ मंगलबार १४:१८ बजे

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहासिक पृष्टभूमिको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप भएको हो ।

प्रदर्शनकारीहरुले प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीकोसमेत राजनीमाको माग गरेका थिए । सो क्रममा विराटनगरको पाञ्चलीमा भएको प्रदर्शनमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।  पानीको फोहरासमेत प्रहार गरिएको छ । जवाफीमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इट्टाहरु प्रहार गरेका छन् ।​


विराटनगर ९ पान्चाली मोडमा ठूलो सङ्ख्यामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x