कोशी

प्रदेश नामाकरणको विषयमा भएको प्रदर्शनमा मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन

इकागज |
चैत ११, २०७९ शनिवार २१:५८ बजे

फाइल फोटो

काठमाडौँ - कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको विराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ । 

चैत १० मा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) को घरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो विषयमा छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



Author

थप समाचार
x