कोशी

भोजपुरमा किरातीको ह्याट्रिक हुँदा राईको चौथो जितमा ब्रेक

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ०:४१ बजे

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी हुँदा प्रतिष्पर्धी प्रदेश १ का संस्थापक मुख्य मन्त्री शेरधन राईको चौंथो जितमा ब्रेक लागेको छ । गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै ह्याट्रिक पूरा गरे ।

मतगणनाको अन्तिम नतिजाअनुसार सुदनले २८५७५ मत पाए । शेरधन २६१९३ मै खुम्चिए । २३८५ मत अन्तरले किराती विजयी बनेका हुन् ।


चुनावी स्पर्धामा भिडेका किरातीको यो त्स्रो जित हो । जितको ह्याट्रिक पूरा गरिसकेका राईलाई चौथो जित हुनबाट किराती रोक्न सफल भएका हुन् । सुदन र शेरधनबीच भने भोजपुरमा यो तेस्रो प्रतिस्पर्धा हो ।

२०६४ को संविधानसभा निर्वाचनमा यी दुईबीच भेट भएको थियो । यो चुनावमा शेरधनलाई सुदनले पछि पारेका थिए । अर्काै संविधानसभा निर्वाच्नमा शेरधनले त्यसको बदला लिए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधनले प्रदेशमा जितेका थिए । अनि शेरधन मुख्य मन्त्री बनेका थिए ।

२०४८ सालसहित हिसाब गर्दा भोजपुरबाट शेरधनले तीन जित पूरा गर्दै ह्याट्रिक गरेका थिए ।
 


Author

थप समाचार
x