राजनीति

काठमाडाैँकाे ताजा मत परिणाम सार्वजनिक : बालेन झन्डै दाेब्बर मतले अगाडि

इकागज |
जेठ २, २०७९ सोमबार ६:१४ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अझै अग्रता कायमै छ । यो मध्ये गणना गरिएको मध्ये झण्डै आधा मत बालेनले प्राप्त गरेका छन् ।

सोमबार बिहान प्राप्त अपडेट अनुसार स्वतन्त्र पदका बालेनले ५४४६ मत  ल्याउँदा एमालेका केशव स्थापित २९५२ मतमा खुम्चिएका छन् ।


कांग्रेसकी सिर्जना सिंह तेस्रोमै साँघुरिएकी छिन् । 

काठमाडौं कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने ठाउँ हो । उनीहरुको संगठन बलियो पनि छ । तर, यो चुनावमा आइरहेको मत परिणाम भने निकै रोचक छ
यस्तो छ कि जित्छु भन्ने दुई ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेनले कै मतान्तरले अग्रता कायम गरिरहेका छन् । यहाँसम्म की एमाले र कांग्रेसका उम्मेदवारको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवारको मत धेरै हुन आउने गरेको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका बालेनमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । उनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।

बालेनले चुनाव चिन्ह पाएसँगै सामाजिक सञ्जालमा ट्रोल बन्यो ‘बुढाबुढीलाई टेकाउन मिल्ने–भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ यो भाइरल पनि बन्यो । र, बालेनलाई युवाहरुले साथ पनि दिए ।

मतगणनाको सुरु देखि नै बालेले अग्रता कायमै राखेका छ्न् ।


Author

थप समाचार
x