राजनीति

विराटनगर महानगरमा १०५२५ मत गणना

मेयरमा कांग्रेसका कोइराला ९३१ मतले अघि

बाबुराम भण्डारी |
जेठ १, २०७९ आइतबार २०:१४ बजे

विराटनगर – विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै छ । आइतबार बेलुका ८ बजेसम्मको मतपरिणाम अनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले ३ हजार २७८ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । नेकपा एमालेका सागर थापाले २ हजार ३४७ मत प्राप्त गरेका छन् । थापा ९३१ मतले पछि छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार १७९ र राप्रपाका प्रल्हाद साहले ६२४ मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्कीले गठबन्धनतर्फ जसपाका अमरेन्द्र यादवलाई गणनाको सुरुवातदेखि नै पछि पारिरहेकी छन् । कार्कीभन्दा ९०७ मतले यादव पछि छन् । कार्कीले २ हजार ७०६ मत प्राप्त गर्दा यादवले १ हजार ७९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


उपमेयरमा राप्रपाकी बिन्दा कुमारी आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ६९७ मत प्राप्त गरेकी छन् । विराटनगर महानगरपालिकामा शनिबार विहान १० बजेदेखि मत‌गणना सुरु भएको हो । अहिले वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना जारी छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x