राजनीति

के छ राष्ट्रिय जनमाेर्चाकाे चुनावी घाेषणापत्रमा ?

विक्रम खड्का |
चैत ३०, २०७८ बुधबार १५:४७ बजे

वुटवल - राष्ट्रिय जनमाेर्चाले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन घाेषणापत्र सार्वजनिक गरेकाे छ । राष्ट्रिय जनमाेर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि संघीयता खारेजीकाे माग सहितक घाेषणापत्र सार्वजनिक गरेकाे हाे ।

गणतन्त्र र राष्ट्रिययताकाे रक्षा गराै, संघीयता खारेज गराै भन्ने मूल नारा सहित २८ बुदे प्रतिबद्वता गरिएकाे छ । राजमाेले गणतन्त्रका सन्दर्भमा एमालेको नेतृत्वमा फासिवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको आराेप लगाएकाे छ । 


'राजावादी तथा फासिवादी यी दुईटा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ । उपरोक्त सबै परिस्थितिमाथि ध्यान दिँदा समा तथा मलुक प्रतिगमन या अधिनायकवादतर्फ जाने खतरा रहेको छ । उक्त आएको छ जुन सही छ एमसीसीलाई संसदबाट पारित गरिएका कारण हाम्रो पार्टी पाँचदलीय गठबन्धनबाट परेपनि स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको छ'  प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

एमाले अध्यक्ष केपी आेलीले असवैधानिक रूपमा संसद विघटन गरेकाले प्रतिगमनका विरूद्व गठबन्धन बनेकाे अध्यक्ष चित्रबहादुर केसीले बताए । 'संविधानकाे रक्षाकै लागि गठबन्धन गरिकाे हाे, गठबन्धनमा सामेल हुदैमा सबै बिषयमा हामिले स्विकार गरेका छैनाैं' उनले भने । उनले संघियताका सवालमा अाफूहरूकने फरक मत जाहेर नै रहेकाे बताए । उनले प्रतिगमनकाे खतरा नटरेकाले कार्यगत एकता गरेकाे बताए । 

घाेषणापत्रका प्राथमिकता 

पाँच दलीय गठबन्धनमा रहेकाे राष्ट्रिय जनमाेर्चाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारहरूले २८ प्रकारका विकासका कामहरुलाई प्राथमिकता राख्ने उल्लेख गरेकाे छ । 

घाेषणापत्रमा विकेन्द्रीयता र सन्तुलित विकास नीतिमा जोड दिने,स्थानीय तहमा बढ्दो बेरूजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिइने उल्लेख छ ।

एकीकृत बस्ती विकास, भूउपयाेग नीति, गाउँ विकासका लागि ग्रामिण विकास मन्त्रालय गठन, छाडा चाैपाया नियन्त्रण गर्ने घाेषणापत्र बनाएकाे छ । 

त्यस्तै जनमाेर्चाले विपद व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार तथा साधान स्रोत सम्पन्न बनाइने, छ । 

भ्रष्टाचारको रोकथाम, कृषि र कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गरिने जनाएकाे  छ

त्यस्तै स्वदेशी उत्पादनलाई संरक्षण गर्ने विदेशी आयातमाथि नियन्त्रण,  शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पुर्या‍उन सामाजिक विकास क्षेत्रतर्फ अधिकतम बजेट विनियोजन गर्ने, प्राकृतिक श्रोत साधनको समुचित उपयोगमा ध्यान दिइने उल्लेख छ ।

यस्तै दक्ष जनशक्ति निर्माण र बेरोजगारीको अन्त्यका लागि योजना तर्जुमा गर्ने,   यातायात र ढुवानीका लागि रेल तथा सडक सञ्जालको निर्माण र विकासमा जोड दिइने , ग्रामीण उद्योगधन्दाको स्थापना गर्ने प्रतिबद्धता गरेकाे छ । 

संक्रामक राेगका विरूद्व भाैतिक पूर्वाधार तथा जनशक्ति निर्माण, खेत मजदुर, हली, गाेठाला, खेताला, मुक्त कमैया, हरूवा चरूवा तथा कम्मलरीहरूकाे बसाेबासकाे व्यवस्था र पुर्नस्थापना गर्ने महासचिव मनाेज भट्टले जानकारी दिए ।

 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x