राजनीति

राष्ट्रपतिले समयमै निर्वाचन गर्न भनेपछि देउवाले भने : साथीहरूसँग सल्लाह गर्छु

इकागज |
माघ १३, २०७८ बिहीबार १७:१२ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन बारे चासो लिएको राष्ट्रपतिका सूचना विज्ञ टिका ढकालले जानकारी दिए ।   

‘स्थानीय निर्वाचनबारे राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राख्नु भयो,’ उनले भने ।  ‘निर्वाचन समयमै हुनुपर्छ । राजनीतिक दलले नै बनाएको संविधान त्यसको पालना गर्नुपर्छ,’ राष्ट्रपतिको भनाइ उदृत गर्दै ढकालले भने । जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘साथीहरुसँग सल्लाह गर्छु ।’


भण्डारी देउवाबीच दिउँसो तीन बजेदेखि अपरान्ह चारबजेसम्म शीतलनिवासमा भेटवार्ता भएको हो ।  


Author

थप समाचार
x