राजनीति

गण्डकीमा गठबन्धनका सबै उम्मेदवार विजयी

इकागज |
माघ १२, २०७८ बुधवार १८:४७ बजे

पोखरा - राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी भएका हुन् ।

महिलातर्फ पन्तले ३ हजार ८४ मतभारले विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी लिला पोखरेल थनेतले २ हजार ७ सय २४ मत प्राप्त गरिन् ।


त्यस्तै दलितमा भुवनबहादुर सुनार ३ हजार ४८ मतभार प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी अर्जुन कुमार सुनामले २ हजार ७ सय २४ मतभार प्राप्त गरेको पोखरेलले बताए । अन्यमा विजयी सुरेश कुमार आलेले ३ हजार ९६ मतभार प्राप्त गर्दा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार ल्याएका थिए । दुईवटै क्लस्टरमा ६ जनाको उमेदवारी परेको थियो ।


Author

थप समाचार
x