राजनीति

सुदूरपश्चिमबाट जगत पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित

इकागज |
माघ १२, २०७८ बुधबार १७:३ बजे

फाइल फोटो

कैलाली - राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन् । सत्ता गठबन्धनमा माओवादी कोटाबाट उम्मेदवार रहेका पार्कीले प्रदेशसभा तर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजा ८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

त्यस्तै एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार २०६ मतभार प्राप्त गरेका छन् । यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह विजयी भएकी थिइन् ।



Author

थप समाचार
x