राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित

इकागज |
माघ १२, २०७८ बुधबार १६:४७ बजे

विराटनगर - राष्ट्रियसभा निर्वाचन अन्तरगत आज भएको निर्वाचनको मतगणना हुँदा महिलातर्फ पाँच दलीय गठबन्धनकी जयन्ती राई निर्वाचित भएकी छन् । उनी गठबन्धनमा नेकपा एसबाट महिलातर्फ उम्मेदवार बनेकी थिइन् ।

राईले कुल ४ हजार ६३२ मत प्राप्त गरेको जनाइएको छ । त्यसैगरी नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारीले ४ हजार ३६२ मत र राप्रपाकी रन्जु प्याकुरेलले १२० मत प्राप्त गरेका हुन् । मतपरिणामको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयले केहिबेरमा एकैचोटी गर्ने जनाएको छ ।



Author

थप समाचार
x