राजनीति

सीके राउतका जनमत पार्टीले मधेस सरकारलाई बुझायाे ज्ञापन पात्र

सुभाष कर्ण |
माघ १२, २०७८ बुधबार १६:३७ बजे

जनकपुरधाम – जनमत पार्टीले किसानसँग सम्बन्धित ११ बुँदे मागसहितको मधेस सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री लालबाबु राउतले नभेटेपछि जनमतका कार्यकर्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सुरेन्द्र कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मधेस भवनमा मुख्यमन्त्री राउतलाई नभेटेपछि कर्मचारीलाई नै ज्ञापन पत्र बुझाउनु परेकाे जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. वसस्त कुशवाहाले बताएका छन । नेता कुशवाहले आज सातै प्रदेश सरकारलाई ज्ञापनपत्र कार्यक्रम रहेकाे हुँदा आफू जनमत पार्टीको नेतासहित ज्ञापनपत्र बुझाउन आएको जानकारी दिए।


उनले एक महिनादेखि आन्दोलन गरे पनि प्रदेश सरकारले कुनै चासो नदेखाएको गुनासो गरेका छन् । ज्ञापनपत्रमा किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, स्वतः बालीनाली बीमा निश्चित गर्नुपर्ने, किसान कार्ड र सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x