राजनीति

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्‍चिममा खस्यो शतप्रतिशत मत

इकागज |
माघ १२, २०७८ बुधबार १५:५२ बजे

कैलाली - सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि भएको मतदान सकिएको छ। मतदानमा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधि गरी कुल २२७ मतदाता रहेकोमा शतप्रतिशत मत खसेको छ।

प्रदेश निर्वाचन कार्यालय प्रमुख तथा सहायक निर्वाचन अधिकारी प्रेमदत्त भट्टले दिउँसो ३ बजेसम्ममा सत प्रतिशत मत खसेको बताए ।  उनले लगतै मतगणनासमेत सुरु गरिएको बताए ।


प्रदेशमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० पार्टीका मदनकुमारी ९गरिमा० शाह र दलितमा नेकपा माओवादीका जगत पार्की उम्मेदवार रहेका छन्।

त्यस्तै, नेकपा एमालेबाट डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विक उम्मेदवार रहेका छन् । 


Author

थप समाचार
x