राजनीति

राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक

इकागज |
मंसिर २१, २०७८ मंगलबार १४:४२ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रिय सभा सदस्यमा रिक्त १९ सदस्यको चुनाव पुस १७ बाट प्रक्रिया शुरु हुने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्यका निम्ति आउँदो माघ १२ गते निर्वाचन हुँदैछ ।

आयोगका अनुसार, आउँदो पुस १७ बाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । उक्त दिन मतदाता नामावली प्रकाशन हुनेछ । पुस २० मनोनयन पत्र दर्ता हुनेछ र माघ १२ मा चुनाव हुनेछ । राष्ट्रिय सभा सदस्यका निम्ति प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् । तिनको मतभार भने फरक–फरक हुनेछ । 


नयाँ संविधानसपछि राष्ट्रिय सभामा निर्वाचित एक तिहाई सांसदहरुको आउँदो फागुन २० मा चार वर्षे पदावधि पूरा हुँदैछ । गोला प्रथाका आधारमा दुई, चार र छ वर्षे पदावधि कायम भएको हो । जसमा एक जना मनोनित सदस्य रामनारायण बिडारीको पदावधि समाप्त हुँदैछ । निर्वाचित र मनोनित गरी २० सदस्यहरुको पदावधि सकिँदैछ । राष्ट्रिय सभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनबीच राजनीतिक संयन्त्र निर्माण भइसकेको छ ।

चार वर्षे कार्यकाल पूरा गरी फागुन २० मा पदावधि समाप्त हुँदै गरेका सांसदहरु:


Author

थप समाचार
x