राजनीति

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ : मन्त्री किराती

इकागज |
जेठ २५, २०८० बिहिवार १९:५३ बजे

फाइल फोटो

खोटाङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए । 

“घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”, मन्त्री किरातीले भने, “तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ ।”


मन्त्रालयले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिए । “हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ”, मन्त्री किरातीले भने, “म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ । २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ १”

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान÷अवतरण गर्नेगरी तयारी थालिएको जानकारी दिए । प्राधिकरणमा विमान नभएकै कारण उडान÷अवतरण हुन नसकेको जानकारी दिँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान÷अवतरण हुने विश्वस्त पारे । 

पर्यटकीयस्थलको अवलोकन भ्रमणमा निस्किएका मन्त्री किरातीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने, समृद्धि आफूहरूकै पालामा सम्भव रहेको पनि बताए । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताए । 

एक अर्को प्रसङ्गमा उनले खोटाङ आफ्नो पुर्ख्यौली थलो भएकाले खोटाङको समग्र विकासमा आफ्नो कार्यकालमा सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । “म भोजपुर जिल्लावासी हुँ । मेरा पुर्खाहरू खोटाङबाट भोजपुर बसाइँ सरेर गएका रहेछन् । पुर्ख्यौली थलो पहिल्याउँदै खोटाङ आइपुगेको छु”, उनले भने, “आफ्नो पुर्ख्यौली थलोको विकासका लागि सकेको सहयोग गर्नेछु । मै मन्त्री भएर भोजपुरका लागि एउटा पनि योजना पारेको छैन । खोटाङलाई यस वर्षमात्रै धेरैवटा योजना पारेको छु । यसलाई कार्यान्वयन गर्ने जिम्मा तपाईंहरूको हो ।” रासस

 


Author

थप समाचार
x