राजनीति

संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा अड्कियाे : मन्त्री मोदी

इकागज |
जेठ २५, २०८० बिहीबार १८:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो–छिटो कानुन र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताएका हुन् ।

उनले उक्त ऐनलाई अघि बढाउनका लागि आफूले पटकपटक अनुरोध समेत गरेको भन्दै आफ्ना कारणले ढिलाई नभएको प्रस्टोक्ति दिए ।


मन्त्री मोदीले आफूले कर्मचारी सरुवाका विषयमा पटक पटक परिपत्र जारी गर्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । अहिले स्थानीय तहका कर्मचारी व्यवस्थापनको समस्या ज्यादै गरेको र पूर्वमन्त्री, बहालवाला सांसद, मेयर लगायतले पनि भनसुन गर्न आउने गरेको उनले बताए । उनले स्थानीय तहमा चार पटक सरुवा गरे पनि फर्केर आउनुपर्ने अवस्था विद्यमान रहेको बताए ।

उनले मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा खाली रहेका स्थानमा कर्मचारी पठाउने कामलाई प्राथमिकता राखेको र यसलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको धारणा राखे ।

त्यस्तै मन्त्री मोदीले अब कर्मचारीको पहिलेको जस्तो ट्रेड युनियन हुन नसक्ने भन्दै उनीहरूको अधिकार समेत कटौती गर्न लागिएको जानकारी दिए ।


Author

थप समाचार
x