राजनीति

'कंलकीदेखि बसुन्धारासम्मको सडक विस्तार छिट्टै हुन्छ'

इकागज |
जेठ २३, २०८० मंगलबार १९:२ बजे

फाइल फोटो

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताएका छन् । 

मंंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिटै सुरु हुने बताएका हुन् । 


उनले कलंकीदेखि बसुन्धारासम्मको ८ दशमवल २ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिए । मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरिएको बताए । उनले उक्त सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनका आग्रह गरेको र चिनिया राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे । 

अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगाएत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तार अन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको विस्तारको काम सम्पन्न भइसकेको छ ।


Author

थप समाचार
x