राजनीति

प्रोटोकल नमिचियोस् भनेर गेरू वस्त्र धारण गर्नुपर्‍याे : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ २०, २०८० शनिवार २१:५६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले इन्दाेर भ्रमणका क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरू वस्त्र धारण गर्नु परेको बताएका छन् । भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किएका उनले यस्ताे बताए ।

सो मन्दिरमा मुख्य अतिथिले गेरू वस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो । उनले यसलाई नेपालको सर्वोपरि हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे ।


प्रधानमन्त्री दाहालले भने, ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बिहरूप्रति समान व्यवहार गर्नु पर्छ । त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रुपान्तरण गर्न सफल भएको बताए ।


Author

थप समाचार
x