राजनीति

कटवालद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्थगित गर्न माग

इकागज |
जेठ १६, २०८० मगलवार १५:५९ बजे

काठमाडौं - राप्रपाका युवा नेता कैलाश कटवालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्थगन गर्न माग गरेका छन् ।

कटवालले भारतको `अखण्ड भारत´ नक्सामा समावेश गरेको अवस्थामा प्रधानमन्त्रीले भ्रमण स्थगित गरेर कुटनैतिक सन्देश दिनुपर्ने माग गरेका छन् ।


कटवालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको फेसबुक स्टाटस शेयर गर्दै लेखेका छन् `प्रधानमन्त्री प्रचण्डले तत्काल भारत भ्रमण स्थगित गर्नुपर्छ, होईन भने नेपालको भूमि `अखण्ड भारत´ मा समावेश गरिएको कुरा स्वीकार्य भएको सन्देश जान्छ , भ्रमण रोक्नु भन्दा उत्तम कुटनैतिक सन्देश तत्काल अरु हुँदैन ।´ 

भारतको नयाँ सांसद भवनमा अखण्ड भारत नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपालमा कडा आलोचना भइरहेको छ ।


Author

थप समाचार
x