आगामी आर्थिक वर्षमा सबै प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८१–८१ मा सबै प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने निर्णय गरेको छ । सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो ।
सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ । त्यस्तै अर्थमन्त्री महतले नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताए । उनले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेकका नयाँ भवन निर्माण नगर्ने, इन्धन कार्यालय सम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने, नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरूत्साहित गर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया