राजनीति

रेशम चौधरीले आममाफी पाएकोप्रति साम्पाङले व्यक्त गरे खुसी, भने–अनेकन चोटि मैले उहाँको रिहाइको माग गरेँ

इकागज |
जेठ १५, २०८० सोमवार १४:४५ बजे

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रेशमलाल चौधरीले आममाफी पाएकोप्रति खुसी व्यक्त गरेका छन् । सोमबार साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीको रिहाइले आफू खुसी भएका बताए । 

चौधरीको रिहाइका लागि आफूले पनि थुप्रैपल्ट प्रदर्शन गरेको बताउँदै उनले लेखेका छन्, ‘सागर बरु सुकेर गइजाला जान्न माया कहिले नसुकेर । यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । उहाँको संगीत हो यो । अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें । आज म खुसी छु ।’


टीकापुर घटनामा मुख्य योजनाकार ठहर भइ ६ वर्षदेखि जेल जीवन बिताइरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसर सोमबार आममाफी दिइएको छ । 

 


Author

थप समाचार
x