राजनीति

सुर्खेत पुगेर पूर्वराजाले भने- लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो

इकागज |
जेठ १३, २०८० शनिबार १७:१ बजे

फाइल फोटो

काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।

आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । 'आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एक साथ अघि बढ्न उनको आग्रह थियो ।


पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो।

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ । राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौँ, मिलौँ। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौँ। हामी सबै एक भएर जुटौँ। त्यसैले हामी भन्दछौं, हामी नफुटौँ। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ। त्यसैले फेरिपनि भन्छौँ, जुटौँ, खटौँ र डटौँ। ​

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एक साथ अघि बढौँ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।


Author

थप समाचार
x