राजनीति

भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भयाे : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ १३, २०८० शनिवार १६:३३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भएको बताएका छन् ।

शनिबार काठमाडौँको साँखुमा प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध सुरु गर्दा मृत्युवरण गरेर हामफालेको भन्दै अहिलेको लडाइँमा पनि कति बेला एम्बुस र घात प्रतिघातमा पर्ने हो टुङ्गो नरहेको बताए ।


उनले मुलुकमा देखिएको ठूला–ठूला भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै समस्या पनि भ्रष्टाचारका विरुद्धको लडाइँ नरोकिने बताए ।

संसदमा विचार र राजनीतिले नभइ सबै संख्याको खेल हुने भएकाले देशको नेतृत्व लिने संख्यामा माओवादी नरहेपनि विभिन्न कारणले अहिले सरकारको नेतृत्वमा माओवादी पुगेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा पुगेको दिनदेखि माओवादी पार्टी र नेतृत्वलाई अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको धारणा राखे ।​ उनले सहिदले देखाएका सपना र मुलुकलाई अघि बढाउन जस्तोसुकै चुनौतीको पनि सामना गरेर अघि बढ्ने स्पष्ट पारे । 


Author

थप समाचार
x