राजनीति

चितवनको क्रिकेट रंगशालाको समस्या दुई साताभित्रै समाधान हुन्छ : प्रम दाहाल

इकागज |
चैत १६, २०७९ बिहीबार १४:३९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुई साताभित्रै समाधान हुने बताएका छन् ।

बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन् । उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गरे ।


प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ । 


Author

थप समाचार
x