राजनीति

आइजीपीमा वसन्त कुवँरलाई नियुक्त गर्ने सरकारकाे निर्णय

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:५१ बजे

काठमाडौं– नेपाल प्रहरीका डिआइजी वसन्तबहादुर कुवँर प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।


कुवँरले प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।  दर्ज्यानी चिन्ह प्राप्त गरेकाे तीन दिनमै उनी प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बनेका हुन्।    


हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। 

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।


Author

थप समाचार
x