मोदीविरुद्ध बोलेपछि भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

काठमाडौं– सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय तोकिएको छ । मानहानीकोे मुद्धा दायरपछि भएको फैसलामा उनलाई गुजरातको सुरतस्थित अदालतले यस्तो सजाय सुनाएको हो ।
एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ?’ भनी बोलेका थिए । सो अभिव्यक्तिलाई लिएर राहुलविरुद्ध मानहानीको मुद्धा दायर गरिएको हो ।
उनीविरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । गान्धीले यस्तो अभिव्यक्ति कर्णाटकमा आयोजित चुनावी सभामा बोलेका थिए ।
अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने समयसँगै अनुमति दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया