राजनीति

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

इकागज |
फागुन १६, २०७९ मंगलबार २०:१३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरेको हो ।


उक्त मुद्दामा गुरुङ दोषी ठहर भएका छन् भने पाँच जनाले सफाइ पाएकाे प्रवक्ता दीपेन्द्रनाथ योगीले इकागजलाई जानकारी दिए । उनका अनुसार बलबहादुर स्वार, मदनप्रसाद रिमाल, रत्नबहादुर गाहा मगर, प्रेमसिंह धामी र जलदेव चौधरीले सफाइ पाएका हुन् ।

सजाय तोक्न फागुन २५ गतेलाई पेसी तोकिएको योगीले जानकारी दिए ।


Author

थप समाचार
x