राजनीति

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राष्ट्रपतिको विषयमा छलफल हुँदै

इकागज |
माघ २६, २०७९ बिहिवार १६:२८ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरबारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारूढ गठबन्धनभित्रको अविश्वास हटाउने विषयमा छलफल भइरहेको छ । 

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरबार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन् । 


आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तार"ढ दलभित्र अविश्वास पैदा भएको छ  । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले सशंकित हुँदै आएको छ । 

यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता  केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ ।


Author

थप समाचार
x