राजनीति

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

इकागज |
माघ १६, २०७९ सोमबार १८:२० बजे

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ ।

सिंहदरबारमा साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।


Author

थप समाचार
x