सूचनाको हक निष्क्रिय पार्न ८७ वटा नीतिगत विषय गोप्य रहने गरी गरेको निर्णय खेदजनक: डा. शेखर

फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सूचनाको हक सम्बन्धी कानुनलाई कमजोर पार्ने गरी सरकारले ८७ वटा नीतिगत विषय गोप्य रहने गरी गरेको निर्णयमा खेद प्रकट गरेका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै कोइरालाले सरकारले गरेको यो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, 'संविधानले ग्यारेन्टी गरेको 'सूचनाको हक' लोकतन्त्र,नागरिक सशक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो। सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।'
संविधानले ग्यारेन्टी गरेको "सूचनाको हक" लोकतन्त्र,नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो।
— Dr Shekhar Koirala (@Shekharnc) January 29, 2023
सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया