राजनीति

सर्वोच्चले भन्याे : महासचिव गौतमले पठाएको पत्र कार्यान्वयन नगर्नू [पूर्णपाठसहित]

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १६:४१ बजे

काठमाडौँ– सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले खेपिरहेको महाअभियोग निष्प्रभावी भयो भनेर जारी गरेको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिमआदेश दिएको छ ।

सर्वोच्च अदालतको शुक्रबार बसेको संवैधानिक इजलासले महासचिव गौतमलाई यस्तो पत्र लेख्ने अधिकार नभएको भन्दै कार्यान्वयन नगर्न आदेश दिएको हो ।


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले महासचिव गौतमले लेखेको पत्र बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिएको हो ।


Author

थप समाचार
x