राजनीति

प्रधानन्यायाधीशको महाअभियोग निष्क्रिय भयो भनेर लेखिएको चिठ्ठी षडयन्त्रपूर्ण छ : बार अध्यक्ष

इकागज |
मंसिर २१, २०७९ बुधबार १५:५८ बजे

काठमाडौँ–नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग निष्क्रिय भनेर लेखिएको चिठ्ठी षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

महाअभियोग पहिलो संसद्ले आगामी ससद्को विषय बनाइसकेकाले यस विषयमा अहिले गरिएको निर्णय संविधान विपरीत भएको उनको भनाइ छ । 


‘पहिलो संसद्ले नै  आगामि संसद्को विषय बनाइसकेको छ,’ अध्यक्ष घिमिरेले इकागजसँग भने, ‘सभामुखले तोक लगाएर अर्को संसद्‍मा पेश गर्नु भनिसक्नु भएको थियो । अहिले आएर लेखिएको  चिठ्ठी गैरजिम्मेवारीपूर्ण र षडयन्त्रपूर्व गरिएको निर्णय हो । यो चिठ्ठी संवैधानिक र कानुन विपरीत छ ।’ 

संघीय संसद् सचिवालयले न्यायधीश राणा विरुद्धको महाअभियोग निष्क्रिय भएको भन्दै बुधबार पत्र पठाएको थियो । महअभियोग निष्क्रिय भएको भन्दै राणा बुधबारै अदालत जाने तयारीमा रहेका छन् । तर, यसको विरोध स्वरूप कानुन व्यवसायीहरू सर्वोच्च अगाडि धर्नामा छन् । ‘यस्तो मजाक भएकाले हामी विरोध स्वरुप सर्वोच्च अगाडि उभिइरहेका छौँ,’ अध्यक्ष घिमिरेले भने ।  
 


Author

थप समाचार
x