राजनीति

दोलखामा ५६ हजार तीन सय २१ मतगणना गर्दा कार्की र शिवाकोटीले कति पाए ?

इकागज |
मंसिर १८, २०७९ आइतबार २१:४३ बजे

दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ । 

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।


दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । हालसम्म ४२ हजार सात सय १९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २३ हजार दुई सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ ।
 
प्रदेशसभा २ मा  नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो । 


Author

थप समाचार
x