राजनीति

बाजुरामा बद्रीको अग्रता कायमै, दोलखामा शिवाकोटीले कार्कीलाई उछिने

इकागज |
मंसिर १८, २०७९ आइतबार ६:४८ बजे

काठमाडौं - बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् । उनले २६ हजार ९८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । 

यता दोलखामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवातदेखि माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिए पनि आइतबार बिहानदेखि एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका हुन् । उनी माओवादीका कार्कीभन्दा १५०३ मतले अघि छन् । 


३६ हजार ३३६ मतगणना हुँदा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन्।


Author

थप समाचार
x