राजनीति

तनहुँले विकासप्रेमी नेता गुमायो : नेता पौडेल

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १९:५६ बजे

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताएका हुन् ।

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जली सभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, 'उहाँ एक विकासप्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ,' उनले भने । 


पौडेलले स्व आलेको अभावमा उनका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए । फोक्सोको समस्याबाट पीडित रहेका आलेको गत मङ्सिर ९ गते निधन भएको थियो ।

नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहेका आले दोस्रो संविधानसभाको सदस्य थिए ।


Author

थप समाचार
x