राजनीति

अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १९:१ बजे

काठमाडौं– जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले त्यस्तो बताएका हुन् ।

‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो,’ उनले भने, ‘र, तपाई सबैले यो राप्रपाको सांसद हो, मेरा दुःख सुखका कुरा यसले गरिदिँदैन कि ? भनेर नसोच्नु सांसद सबैको साझा हुन्छ,’ उनले आफू सार्वजनिक व्यक्ति भएकाले कुनै पनि जनतालाई गाह्रो अप्ठ्यारो पर्दा सहजै भन्न आग्रहसमेत गरे ।


हिजो सडकबाट आवाज उठाउँदै समाजसेवा गर्दै आएको उल्लेख गर्दै उनले अब संसदबाट पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताए ।
 


Author

थप समाचार
x