राजनीति

बाजुरामा ११ दिनपछि मतगणना सुरु हुँदै

इकागज |
मंसिर १५, २०७९ बिहीबार १५:९ बजे

फाइल तस्बिर

काठमाडौँ- बाजुरामा आज (बिहीबार) साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरु हुने भएको हो ।

निर्वाचन सम्पन्न भएको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजेबाट मतगणना सुरु हुने जानकारी दिए । यसअघि विवादका कारण मतगणना कार्य सुरु हुन सकेको थिएन ।


टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।

र याे पनि,

बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु 


Author

थप समाचार
x