राजनीति

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा उछिन्यो एकीकृत समाजवादीलाई

इकागज |
मंसिर ११, २०७९ आइतबार १३:१५ बजे

काठमाडौं– नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय पार्टी बन्ला/नबन्ला भन्ने चर्चा चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीले नेकपा एसलाई उछिनेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार जनमत पार्टी नेकपा एसभन्दा ६ सय बढी मतले अगाडि छ । 

हालसम्म ८४ लाख ८४ हजार २६ मतको गणना भएको छ । जसमा जनमत पार्टीले २ लाख २९ हजार ३११ मत ल्याउँदा नेकपा एसले २ लाख २८ हजार ७०२ मत पाएको छ । योसँगै जनमत पार्टी प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीमा सातौं स्थानमा उक्लिएको छ । 


नेकपा एमाले २३ लाख बढी मतले शीर्ष स्थानमा छ भने उसलाई पछ्याइरहेको नेपाली कांग्रेस २२ लाख बढी मतसहित दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्र ९ लाख ७८ हजार १०४ मत ल्याएर तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ८८ हजार १५० मत छ । ऊ पाँचौँ स्थानमा छ । 

अहिलेसम्म शीर्ष पाँच दल राष्ट्रिय दल भइसकेका छन् भने नागरिक नेकपा एस, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत राष्ट्रिय दल बन्ने–नबन्नेमा यकिन छैन । 


Author

थप समाचार
x